Province 5 अभिषेक चर्चलाई महिला फुटबलको उपाधि
सुरज राना मगर

कावासोती । अभिषेक चर्च, रजहरले नवलपुर जिल्लास्तरीय जितिया कप खुला नकआउट महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

थारु महिलाहरुको महान चाड जितिया पर्वको अवसरमा डायमुण्ड युथ सोसाईटी, कावासोती–१२ राजमन्दिरको आयोजनामा भएको प्रतियोगिताको उपाधि अभिषेक चर्चले जितेको हो ।

कावासोती–१२ राजमन्दिर स्थित आयोजक डायमण्ड युथ सोसाईटीको खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा अभिषेक चर्चले भेडाबारीलाई पेनाल्टी शुटआउटमा ३–२ ले हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो ।

विजेता बनेको अभिषेक चर्चले उपाधिसहित नगद २० हजार हात पार्यो भने उपविजेता भेडाबारीले १५ हजारमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई विशिष्ट अतिथी जिल्ला खेलकुद विकास समिति, नवलपुरका अध्यक्ष सेत बहादुर पुन, प्रमुख अतिथी कावासोती नगरपालिकाका उप–प्रमुख प्रेम शंकर थारु, आयोजक डायमण्ड युथ सोसाईटीका अध्यक्ष लिलामणि खनाल लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments