Province 5 फर्साटिकरको गोलको बर्षा
सुरज राना मगर

बुटवल । उपाधिको दावेदार मध्ये एक टोली फर्साटिकर युवा क्लबले जारी रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगितामा बिहीबार फराकिलो जित दर्ता गरेको छ ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भएको पहिलो खेलमा फर्साटिकरले चाँदनी युवा क्लबमाथि ८–२ को फराकिलो जित निकाल्यो । फर्साटिरका लागि सन्जु सेनले ह्याट्रिक गरे । त्यस्तै अवतार थापाले २ गोल गरे भने बिष्णु सारु, सुरज थारु र समिर श्रेष्ठले १–१ गोल गरे ।

उता पराजित चाँदनीका लागि लोक बुढा र होम पहारीले गोल गरेका थिए । खेलमा फर्साटिकरका ह्याट्रिककर्ता सन्जु सेन म्यान अफ द म्याच घोषित भए । बिहीबारको नतिजापछि ३ खेलबाट ७ अंक जोडेको फर्साटिकर शिर्ष स्थानमा उक्लेको छ । पराजित चाँदनी भने अंकविहीन रुपमा पुछारमा छ ।

त्यस्तै बिहीबार नै भएको दोस्रो खेलमा लिस्नु युवा क्लबले भूपू सैनिक स्र्पोट्स क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । खेलमा भूपू सैनिकका निखिल कार्की म्यान अफ द म्याच घोषित भए । यो नतिजापछि ३ खेलबाट ५ अंक जोडेको लिस्नु तेस्रो स्थानमा छ । उता पराजित भूपू सैनिक भने आठौं स्थानमा छ ।

 

 

Post Comments