Province 5 आयोजक समपुर्ण सेमिफाइनलमा
सुरज राना मगर

तिलोत्तमा । आयोजक समपुर्ण युवा क्लब, यहाँ जारी प्रथम समपुर्ण कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा लुम्बिनी तिलोत्तमा फिट एण्ड फाइनलाई ३–१ ले हराउँदै समपुर्ण अन्तिम चारमा प्रवेश गरेको छ ।

सुपौली स्थित बाउन्नकोटी खेलमैदानमा सम्पन्न खेलमा समपुर्णका लागि सबि गुरुङले दुई गोल गरे । त्यस्तै थप एक गोल सन्दिप जे.आर.ले गरे । उता पराजित लुम्बिनी तिलोत्तमाका लागि मिशन दर्लामीले एक गोल फर्काएका थिए ।

खेलमा समपुर्णका सबि गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत असोज १४ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल आहाना युवा क्लब, बुटवल र नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलबीच हुने आयोजकले जानकारी दियो ।

समपुर्ण युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज १७ गतेका दिन हुनेछ ।

Post Comments