Province 5 फुटबलसँगै सामाजिक दायित्वसँग जोडिएको चरङ्गे एफसी
सुरज राना मगर

बुटवल । रुपन्देहीको देवदह–१० चरङ्गे स्थित चिसापानी खेलमैदानमा चरङ्गे फुटबल क्लबको आयोजनामा पहिलो सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना भरहेको छ । यो अवसरमा चरङ्गे फुटबल क्लबले फुटबलसँगै समाजप्रतिको दायित्वबोधलाई स्वीकार्दै सहयोगी हातलाई पनि अघि सारेको छ ।

फुटबल प्रतियोगिता आयोजना गर्न व्यस्त रहेकै बेला चरङ्गे एफसीले स्थानीय युवा समाजसेवीहरुसँग सहकार्य गरेर देवदह–१० चरङ्गे कै एक स्थानीय परिवारलाई आफ्नो सहयोगी हात पनि अघि सारेको हो ।

क्लबले मंगलबार स्थानीय युवा समाजसेवी विश्वास गुरुङ, राज गुरुङ्ग र अन्य युवाहरुको समूहुसँग मिलेर चरङ्गे निवासी आर्थिक समस्या कमजोर भएका भिमु परियारको परिवारलाई आर्थिक सहयोग गर्यो ।

सो अवसरमा चरङ्गे फुटबल क्लबका अध्यक्ष अमर सिंह राना र प्रथम चरङ्गे कप सेभेन ए साईड फुटबल प्रतियोगिताका संयोजक साहिन्स रानाको पनि उपस्थिति रहेको थियो ।

प्रतियोगिता संयोजक साहिन्स रानाले यस्ता सहयोगी भावनाले फुटबललाई अझै लोकप्रिय बनाएको चर्चा गरे । साथै युवा समाजसेवीद्वय विश्वास गुरुङ र राज गुरुङले फुटबल कै माध्यमबाट समाजसेवासँग पनि जोडिन पाउँदा खुशी लागेको बताए ।

उता भिमु परियारलाई आर्थिक सहयोग गरेपछि सो अवसरमा क्लबका अध्यक्ष अमर सिंह रानाले खेलकुदले सबैलाई एकताबद्ध हुन सिकाएको बताए । साथै यस्ता पुण्य कार्यमा खेलकुदमा सक्रिय रहेका क्लब र स्थानीय युवाहरुको भूमिका पनि महत्वपूर्ण रहने चर्चा ।

सेभेन ए साईड फुटबल प्रतियोगिता जारी

चरङ्गे फुटबल क्लब कै आयोजनामा जारी सेभेन ए साईड फुटबल प्रतियोगिता हाल जारी छ । बुधबारदेखि सेमिफाइनल खेलहरु हुँदैछन् । विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल माघ २ गतेका दिन हुनेछ ।

Post Comments