South Asia
भारतको शतप्रतिशत जितको लय कायमै
काठमाडौं । साफ यु–१७ महिला च्याम्पियनसिपतर्फ दावेदार मध्ये एक भारतले आफ्नो शतप्रतिशत जितको लयलाई चौथो खेलसम्म कायम राखेको छ । भारतले आफ्नो दोस्रो लेगको पहिलो खेलमा बुधबार आयोजक भुटानलाई ५–० ले हरायो ।
भारतले पहिलो लेगको खेलमा पनि भुटानलाई ८–० ले हराएको थियो । प्रतियोगितामा हाल भारत एक्लो अपराजित टोली समेत हो । यो जितपछि ४ खेलबाट १२ अंक जोडेको भारत समूहको शिर्ष स्थान मै छ ।
९ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । बुधबार नै भएको पहिलो खेलमा बंगलादेशले नेपाललाई ३–१ ले हराएको थियो । त्यस्तै ३ अंक जोडेको नेपाल तेस्रो स्थानमा रहँदा अंकविहीन भुटान पुछारमा छ ।
भारतले अब २९ अगस्त शुक्रबारका दिन नेपालको सामना गर्नेछ भने सोही दिन बंगलादेशले भुटानसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको शिर्ष टोली विजेता बन्नेछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा