South Asia आइ लिगमा आज किरन र प्रकाशको भिडन्त
गोलनेपाल

काठमाडौं । चर्चित हिरो इण्डियन फुटबल लिग (आई लिग) मा आज दुई नेपाली फुटबलरद्वय किरन चेम्जोङ र प्रकाश बुढाथोकी आमने सामने हुँदैछन् । अर्थात् किरन राउण्डग्लास पञ्जाब एफसी र प्रकाश नेरोका एफसीका लागि आज मैदानमा एक अर्का विरुद्ध उत्रिदै छन् ।

कोलकाता स्थित कल्याणी स्टेडियममा हुने आजको खेल नेपाली समयअनुसार बेलुका ७ः३० बजेदेखि शुरु हुँदैछ । जारी लिगमा किरनको टोली पञ्जाब ९ खेलबाट १५ अंक जोड्दै छैटौं स्थानमा छ भने नेरोका ८ अंकका साथ पुछारदेखि दोस्रो तथा दशौं स्थानमा रहेको छ ।

Post Comments