South Asia डुरान्ड कपः आर्मीको जितमा जिलेस्पी नायक
गोलनेपाल

काठमाडौं । भारतमा जारी प्रतिष्ठित १३३औं डुरान्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले समूह चरणको आफ्नो अन्तिम खेलमा जित हात पारेको छ ।

शुरुवाती दुई खेलमा शिलोङ लाजोङ र गोवासँग हार बेहोरेको आर्मीले समूह एफतर्फ मंगलबार भएको समुह चरणको आफ्नो अन्तिम खेलमा सिलोङ कै घरेलु टोली रङ्दाजिद युनाइटेड फुटबल क्लबमाथि २–० को सान्त्वना जित हात पारेको हो ।

आर्मीको जितमा जिलेस्पी जंग कार्की निर्णायक रहे । आर्मीका लागि दुवै गोल कार्कीले गरे । खेलको २१औं मिनटमा उनले पहिलो गोल गरे भने दोस्रो हाफको ५७औं मिनटमा पेनाल्टीमार्फत दोस्रो गोल गर्दै टोलीलाई जिताउन नायक बने ।

यो नतिजासँगै ३ खेलबाट ३ अंक जोडेको आर्मी समूह एफको तेस्रो स्थानमा रहेर प्रतियोगिता समापन गरेको छ । अंकविहीन रङ्दाजिद पुछारमा छ । त्यस्तै समान ६–६ अंक जोडेका शिलोङ र गोवा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । र समूहको अन्तिम खेलमा यी दुई टोली १७ अगस्तका दिन भिड्ने छन् । यी दुईको खेलको नतिजाले समूह एफबाट नकआउट चरणमा प्रवेश गर्ने टोलीको टुंगो लाग्नेछ ।

Post Comments