
झापा । मोफसलको फुटबलमा सक्रिय भई लागेको झापाली क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबको महिला टिमका तीन खेलाडीहरुले भुटानको शिर्ष महिला लिग खेल्ने भएका छन् ।
बिर्तामोड युनाइटेडबाट स्थानीय फुटबल, कोशी प्रदेशस्तरीय फुटबल हुँदै नेपालको राष्ट्रिय युथ टोलीबाट खेलिसकेका तीन खेलाडीहरु खुश्मा राई, जेनिफर राना र सुशिला कुमारी चौधरीले भुटानको राष्ट्रिय महिला लिग खेल्ने भएका हुन् ।
यी तीनै खेलाडीहरुलाई ट्रान्सपोर्ट युनाइटेड फुटबल क्लबले जारी सिजनका लागि अनुवन्ध गरेको हो । हाल दुई खेल खेलिसकेको ट्रान्सपोर्ट युनाइटेड एक जित र एक बराबरीसहित ४ अंकका साथ लिगतालिकाको तेस्रो स्थानमा छ ।
सोही अवसरमा एक कार्यक्रमका बीच तीन खेलाडीहरुलाई विदाई समेत गरिएको छ । सो अवसरमा बिर्तामोड युनाइटेडका अध्यक्ष भुपेन लिम्बु, बिर्तामोड युनाइटेड कै पूर्व अध्यक्ष नरेन लिम्बु, क्लबका महासचिव सन्तोष राई तथा झापा जिल्ला फुटबल संघका महासचिव सुन्दर बस्नेत लगायतले बधाई र शुभकामना दिंदै विदाई गरेका थिए ।
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त