
काठमाडौं । भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा गत संस्करणका दुई फाइनलिस्ट भारत र बंगलादेश नै भिड्ने भएका छन् । स्मरणीय छ, भारत गत संस्करणको विजेता हो भने बंगलादेश उपविजेता हो । जारी प्रतियोगितामा पनि भारत र बंगलादेश एकै समूहमा थिए । समूह चरणमा यी दुई टोली भिड्दा भारतले बंगलादेशमाथि १–० को जित निकालेको थियो ।
शनिबार थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा भएको पहिलो सेमिफाइनलमा भारतले नेपालको चुनौति ४–२ ले समाप्त पार्दै फाइनलमा स्थान सुरक्षित गर्यो । त्यस्तै बंगलादेशले भने पाकिस्तानलाई पेनाल्टी शुटआउटमा ८–७ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
अब सोमबार हुने फाइनलमा भारत र बंगलादेश फेरि एकपटक उपाधिका लागि भिड्ने छन् । संयोग कस्तो भन्दा गत संस्करणको फाइनलमा यी दुई टोली भिड्दा प्रतियोगिताको आयोजना भुटानले नै गरेको थियो । त्यतिबेला फाइनलमा भारतले बंगलादेशलाई २–० ले हराउँदै उपाधि जितेको थियो ।
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो