South Asia नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फाइनल स्कवाड घोषणा
गोलनेपाल

काठमाडौं । कार्तिक १ गतेदेखि शुरु हुन गईरहेको साफ महिला चयाम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमबार २३ सदस्यीय फाइनल स्क्वाड घोषणा गरेका हुन् ।

टोलीमा अधिकांश पुरानै अनुहारहरु सामेल छ । गत संस्करणको उपविजेता समेत रहेको नेपालले यसपटक उपाधि जित्ने लक्ष्य बनाएको मुख्य प्रशिक्षक तामाङले यसअघि नै बताईसकेका छन् । समूह बी मा रहेको नेपालले भुटान, माल्दिभ्स र श्रीलंकासँग खेल्नेछ ।

समूह ए मा भने साविक विजेता बंगलादेश, भारत र पाकिस्तान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपालको फाइनल स्क्वाडः

गोलकिपर्सः अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर्सः गीता राना, पुजा राना, अमृता जैशी, समिक्षा घिमिरे, निशा थोकर, बिमला बिक, हिरा कुमारी भुजेल, सजनी थोकर

मिडफिल्डर्सः रेनुका नगरकोटी, प्रिती राई, सरु लिम्बु, दिपा शाही, सबिता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, बिमला चौधरी

फरवार्डसः साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल

 

Post Comments