South Asia आई लिगमा हारबाट जोगियो लाकेनको टिम दिल्ली
गोलनेपाल

काठमाडौं । यसै सिजनदेखि भारतको चर्चित आई लिगमा दिल्ली फुटबल क्लबका लागि खेलिरहेका नेपालका चर्चित मिडफिल्डर लाकेन लिम्बुको टोली दिल्ली लिगमा सम्भावित हारबाट जोगिएको छ ।

दश खेलाडीमा खुम्चिनुका बावजुद दिल्लीले लिगको आठौं चरणको खेलतर्फ शिर्ष तीनमा रहेको राजस्थान फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै सम्भावित हार टारेको छ ।

खेलको ६७औं मिनटमा थोक्चोम जेम्स सिंहले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा टोली दश खेलाडीमा खुम्चिएको थियो । जसको फाईदा राजस्थानले उठायो । खेलको ७०औं मिनटमा एलेन ओयर्जुनले पेनाल्टीबाट राजस्थानका लागि गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाए ।

तर खेलको अन्तिमतिर ८३औं मिनटमा नेल्सन ओक्वाले दिल्लीका लागि गोल फर्काउँदै खेललाई रोमाञ्चक बराबरीमा टुंग्याएका थिए भने टोलीको सम्भावित हार समेत टारेका थिए ।

खेलमा लोकनले टोलीको पहिलो रोजाई मै रहेर पूरा समय खेले । यो नतिजापछि ८ खेलबाट ९ अंक जोडेको दिल्ली लिगतालिकाको सातौं स्थानमा छ । उता राजस्थान भने सात खेलबाट ११ अंकका साथ तेस्रो स्थानमा छ । शिर्ष स्थानमा भने १६ अंकका साथ चर्चिल ब्रदर्श रहेको छ ।

(Photo: Delhi FC)

Post Comments