AFC/FIFA एएफसी यु–२० एसियन कप शुरु, इराक, उज्वेकिस्तान, भियतनाम र इरानको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । पहिलोपटक यु–१९ बाट एएफसी यु–२० एसियन कपका रुपमा शुरु प्रतियोगितामा आयोजक उज्वेकिस्तानसँगै इराक, भियतनाम र इरानले विजयी शुरुवात गरेका छन् ।

समूह ए तर्फको उद्घाटन खेलमा इराकले इण्डोनेसियालाई २–० ले हरायो । सोही समूहमा रहेको आयोजक उज्वेकिस्तानले सिरियामाथि समान २–० को जित निकाल्यो ।

त्यस्तै समूह बी तर्फ भियतनामले बलियो अष्ट्रेलियामाथि १–० को सनसनीपुर्ण जित दर्ता गर्यो । समूह बी कै अर्को खेलमा इरानले कतारमाथि समान १–० को जित निकाल्यो ।

स्मरण रहोस, गत वर्ष बहराईनमा भएको छनौट प्रतियोगिता अन्तरगत नेपाल र कतार एउटै समूह बी मा परेका थिए । त्यतिबेला कतारले नेपालमाथि ३–१ को जित निकालेको थियो ।

जारी प्रतियोगितामा सहभागि कुल १६ टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । फाइनल खेल १८ मार्चका दिन हुनेछ ।

Post Comments