News
ब्वाईज युनियन र बिरगंजको रोमाञ्चक बराबरी
काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ बिहीबार भएको पहिलो खेलमा ब्वाईज युनियन क्लब र बिरगंज युनाइटेड क्लबले ३–३ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।
एन्फा कम्प्लेक्समा भएको खेलमा ब्वाईज युनियनका लागि सुजित बुढाथोकी, दोर्जे तामाङ र दिव्य बिक्रम चौधरीले गोल गरे । बिरगंज युनाइटेडको तर्फबाट मन कुमार तामाङले आत्मघाती गोल गर्दा थप दुई गोल अमर डंगोल र अमित बछरले गरे ।
खेलमा ब्वाईज युनियनका सुजित बुढाथोकी प्लेयर अफ दि म्याच चुनिए । यो नतिजापछि १० खेलबाट समान १६–१६ अंक जोडेका बिरगंज र ब्वाईज युनियन लिगतालिकामा शिर्ष तीन कै होडमा कायम छन् ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान