AFC/FIFA एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
गोलनेपाल

काठमाडौ । नेपालको विभागीय फुटबल टोली एपिएफ फुटबल क्लबले एसियाली फुटबलको प्रतिष्ठित एएफसी महिला च्याम्पियन्स लिगको पहिलो संस्करण खेल्ने पक्का भएको छ ।

प्रतियोगितामा एसियाका २२ देशका लिग च्याम्पियनहरुले सहभागित जनाउने छन । दक्षिण एसियाबाट भने नेपालको एपिएफसँगै भारतको ओडिशा एफसी र भुटानको आरटीसी एफसीले सहभागिता जनाउने छन ।

त्यसबाहेक प्रतियोगितामा एसियन पावरहाउस जापन, दक्षिण कोरिया, इरान, चीन, साउदी अरेबिया, उज्वेकिस्तान, सिंगापुर, युएई, थाइल्यान्ड लगायतका कुल २२ देशका लिग च्याम्पियनहरुले पनि सहभागिता जनाउनेछन ।

प्रतियोगिताको आयोजना मिति, स्थलबारे विस्तृत रुपमा भने छिटै जानकारी गराईने एएफसीले जनाएको छ । यद्यपि प्रारम्भिक चरणको खेलपश्चात समूह चरणको खेलहरु भने अक्टोबरमा हुने बताईएको छ ।

Post Comments