AFC/FIFA रेखाले युएईमा व्यवसायिक फुटबल खेल्ने
गोलनेपाल

काठमाडौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्त्वपूर्ण सदस्य रेखा पौडेलले युएईको शिर्ष महिला फुटबल लिग खेल्ने भएकी छिन ।

रेखालाई युएई वुमन्स फुटबल लिग च्याम्पियन अबुधाबी काउन्ट्री क्लबले अनुवन्ध गरेको हो । बिभिन्न सञ्चारमाध्यमहरुको रिपोर्ट अनुसार रेखालाई क्लबले एक वर्षका लागि अनुवन्ध गरेको हो ।

रेखाले क्लबमा आवद्ध हुन मेडिकल पनि पूरा गरिसकेको बताइएको छ । योसँगै रेखाले यश वर्ष हुने एएफसी महिला च्याम्पियन्स लिग अबुधाबी कै लागि खेल्ने भएकी छिन ।

स्मरण रहोस, रेखाले गत सिजन भारतीय महिला फुटबल लिगतर्फ ओडिसा एफसीका लागि खेलेकी थिईन ।

Post Comments