ANFA सयपत्री ब्वाईज युनियन सेमिफाइनलमा
गोलनेपाल

मिक्लाजुङ । सहज जितका साथ सयपत्री ब्वाईज युनियन क्लब यहाँ जारी प्रथम सुन्दरी चोक कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

शहिद स्मारक खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनलमा सयपत्री ब्वाईज युनियनले इन्ट्रा पथरी–११ लाई शून्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

सयपत्री ब्वाईज युनियनका लागि अर्जुन लिम्बुले ह्याट्रिक गर्दा थप एक गोल पुजन चौधरीले गरे । खेलको प्लेयर अफ दि म्याच सयपत्री ब्वाईज युनियनका ह्याट्रिककर्ता अर्जुन लिम्बु घोषित भए ।

प्रतियोगिता अन्तर्गत जेठ ७ गते बुधबारको पहिलो सेमिफाइनल खेल चुलाचुली फुटबल क्लब, दमक र बिराट स्र्पोटिङ क्लब, बिराटनगरबीच हुने आयोजकले जानकारी दियो ।

सुन्दरी चोक टोल विकास तथा सरसफाई समिति, मिक्लाजुङ, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल जेठ १० गतेका दिन हुनेछ ।

 

Post Comments