
बसन्तपुर । सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब जारी दोस्रो माडी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा भरतपुरले अल स्टार क्लब, तनहुँलाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
माडी माविको खेलमैदानमा भएको खेलको चौथो मिनट मै गणेश हमालको गोलबाट भरतपुरले खेलमा अग्रता लिएको थियो । तर १४औं मिनटमा सौगात गुरुङले अल स्टारका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।
खेलमा थप आक्रमक बनेको भरतपुरका लागि ४०औं मिनटमा अमृत श्रेष्ठले दोस्रो गोल गरे भने ७०औं मिनटमा सुरेश कुमालले तेस्रो गोल गर्दै भरतपुरको रवाफिलो जित सुनिश्चित गरे ।
खेलको म्यान अफ द म्याच भरतपुरका अमृत श्रेष्ठ घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार प्राप्त गरे । भरतपुरले अब सेमिफाइनलमा माघ ७ गते बुधबार आयोजक माडी–११ सँग खेल्नेछ ।
प्रतियोगिता अन्तरगत माघ ६ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल एफसी मुन्डियाल, हेटौडा र काठमाडौं–११ बीच हुने आयोजक क्लबका अध्यक्ष नबिन बस्यालले जानकारी दिए ।
बसन्तपुर युनाइटेड क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ १० गतेका दिन हुनेछ ।
- नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने