News
दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
काठमाडौं । हिमालयन एफसीको आयोजनामा आउँदो साउन २२ र २३ गतेका दिन दोस्रो हिमालयन फुटसल गोल्डकप फाईभ ए साईड फुटसल प्रतियोगिता हुने भएको छ ।
भाटभटेनी हेल्थ क्लबमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिसकिएको आयोजकले जानकारी दियो । आयोजकका अनुसार प्रतियोगिताको पुरस्कार राशीतर्पm मात्रै ४ लाख ५० हजार छुट्याइएको जानकारी दियो ।
जसअनुसार प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फेयर प्ले टिमले २० हजार हात पार्दा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही १०–१० हजार प्रदान गरिने आयोजकले जानकारी दियो । त्यसवाहेक उत्कृष्ट म्यानेजर र प्रशिक्षकलाई जनही ५–५ ले पुरस्कृत गरिने पनि आयोजकले जनाएको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि
- सातौँ सिसेःक्पा कप २०८३ : पुरुषतर्फ सेभेन वेज र महिलातर्फ कृजल एफसी च्याम्पियन,