शिवशताक्षी । शिवशताक्षी नगरपालिका झापामा अवस्थित दुधे रङ्गशालामा दुधे भेट्रान्स क्लबको आयोजनामा जारी चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान्स कप अन्तर्गत बुधबार दुई प्रि क्वाटरफाइनल खेल हुने तय भएतापनि मौसम प्रतिकुलताका कारण एक खेल सम्पन्न हुँदा दोस्रो खेल मध्यान्तरपछि स्थगित भएको छ।
पहिलो खेलमा पथरी शनिश्चरे भेट्रान्स मोरङ र बिर्तामोड भेट्रान्स झापाबीच रोमान्चक प्रतिस्पर्धा हुँदा पेनाल्टी सुटआउटमा ३-१ को स्पष्ट जित निकाल्दै बिर्तामोड क्वार्टरफाइनल प्रवेश गरेको हो। निर्धारित समय दुवै टोलीबाट एक एक गोलको बराबरीमा सकिएको उक्त खेल पेनाल्टी सुटआउटमा बिर्तामोडका गोल रक्षक मीन बस्नेतले पहिलो प्रहार बाहेक अन्य
सम्पूर्ण प्रहारहरूलाई उत्कृष्ट जोगाउ गर्दै आफ्नो टोलीलाई दोस्रो चरण प्रवेश गर्न महत्वपूर्ण योगदान गरे।साथै उक्त खेलमा म्यान अफ द म्याच समेत चुनिदै नगद रु.२००० प्राप्त गरे।
दोस्रो खेल आयोजक दुधे भेट्रान्स (बी) र कन्काई भेट्रान्सबीच प्रतिस्पर्धा भईरहदा मौसम प्रतिकूल बन्दै भारी बर्षात र हावाहुरी चल्दा मध्यान्तर पछिको खेल स्थगित भएको छ । मध्यान्तरसम्म दुवै टोलीबाट गोल भएको छैन भने बाँकी खेल बिहिबार दिउसो सोही नतिजा हुने तय भएको हो।
बिहिबार दिनको ठिक दुई बजे मेची भेट्रान्स र दमक लखनपुर भेट्रान्स प्रतिस्पर्धा गर्दा बेलुका चार बजे विराट भेट्रान्स र धरान सिटी भेट्रान्स प्रतिस्पर्धा गर्नेछन्।
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)