
काठमाडौं । कोरोना भाइरस महामारी (कोभिड–१९) का कारण स्थगित गरिएको शहिद स्मारक बी डिभिजन लिग मंगलबारदेखि फेरि सूचारु भएको छ । मंगलबार भएको दुई खेलहरुमा नयाँ बस्ती युथ एसोसिएशन र खुमलटार युथ क्लबले विजयी शुरुवात गर्यो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा नयाँ बस्तीले मध्यपुर युथ एसोसिएशनलाई २–१ ले हरायो । नयाँ बस्तीको जितमा सचु गुरुङ र अभय धिमालले गोल गरे । उता पराजित मध्यपुरका लागि भुपाल सिंह गुरुङले सान्त्वना गोल फर्काएका थिए ।
यो जितसँगै ६ खेलबाट ११ अंक जोडेको नयाँ बस्ती लिगतालिकाको तेस्रो स्थानमा छ । उता पराजित मध्यपुर भने १ अंकका साथ पुछारमा रहेको छ ।
खुमलटारद्वारा पुल्चोक पराजित
त्यस्तै मंगलबार नै भएको अर्को खेलमा खुमलटार युथ क्लबले पुल्चोक स्र्पोटस क्लबमाथि ५–२ को जित हात पार्यो । खुमलटारको जितमा महेष राईले दुई गोल गरे भने आयुष घलान, सबिन केसी र मनिष सेडाईले एक–एक गोल गरे । उता पराजित पुल्चोकका लागि मिन बहादुर गुरुङ र किस्मत लिम्बुले दुई सान्त्वना गोल गरेका थिए ।
लिगको छैंटौं खेलमा पहिलो जित दर्ता गरेको खुमलटार ४ अंकका साथ लिगतालिकाको नवौं स्थानमा छ । उता पराजित पुल्चोक भने १ अंकका साथ ११औं स्थानमा छ ।
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने