
तुल्सीपुर । प्रथम शहिद लखन थापा मगर स्मृति कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा उपाधिका लागि युएनबीसी क्लब र युनाइटेड क्लब भिड्ने भएका छन् ।
फाइनल प्रवेश गर्ने क्रममा युएनबीसीले साविक विजेता सक्सेस एफसीलाई १–० ले निराश तुल्यायो । दुल्सीपुर, दाङ स्थित अरनिको खेलमैदानमा भएको सेमिफाइनलमा युएनबिसीका लागि आकाश बुढाले एक मात्र निर्णायक गोल गरे ।
त्यस्तै अर्को सेमिफाइनल भिडन्तमा युनाइटेड क्लबले स्पोर्टस स्कुल फुटबल एकेडेमीलाई टाईब्रेकरमा ३–२ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
फाइनल खेल यहि फागुन १२ गते बुधबारका दिन हुने प्रतियोगिता संयोजक घनश्याम पुनले जानकारी दिए । नेपाल मगर संघ, तुल्सीपुर नगर कमिटी, दाङको आयोजनामा फागुन २ गतेदेखि शुरु प्रतियोगितामा कुल २४ टोलीहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने संयोजक पुनले बताए । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको संयोजक पुनले जानकारी दिए ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय