ANFA तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
गोलनेपाल

म्याङ्लुङ । तेह्रथुम जिल्ला म्याङ्लुङ नगरपालिका वडा नम्बर २ स्थित म्याङ्लुङ रङ्गशालामा म्याङ्लुङ स्पोर्टिङ तेह्रथुमको आयोजनामा सदावर्षहरुमा झैं लाग्दै आएको तेह्रथुमकै प्रतिष्ठित फुटबल प्रतियोगिता नेत्र गुरागाई स्मृति गोल्डकप मङ्गलबारबाट सुरु भएको छ।

म्याङ्लुङ नगरपालिका तेह्रथुमका नगर प्रमुख सञ्जय कुमार तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा भव्यताका साथ सुरु भएको यस प्रतियोगिता अन्तर्गत मङ्गलबार एक मैत्रीपूर्ण खेल सम्पन्न भएको हो।

उक्त मैत्रीपूर्ण खेल आयोजक टोली म्याङ्लुङ र यातायात व्यवसायी सङ्घ तेह्रथुमबिच सम्पन्न भएको छ। निर्धारित समय गोल रहित बराबरीमा सकिएको उक्त खेल पेनाल्टी सुटआउट मार्फत विजेताको टुङ्गो लागेको हो। जसमा यातायात व्यवसायी सङ्घ तेह्रथुमलाई ५-४ को नतिजामा पराजित गर्दै आयोजकले जित सुनिश्चित गरेको छ।

बुधबारबाट प्रतियोगिताको औपचारिक खेलहरू सुरुवात हुनेछन्।

Post Comments