पाँचौं मनसुन कपः सिद्धार्थ युवा समाज सेमीफाइनलमा
गोलनेपाल

तालतलैया । सिद्धार्थ युवा समाज सुनसरीमा जारी पाँचौं मनसुन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाँचौँ दिनको क्वार्टरफाइनल खेलमा सिद्धार्थले चिल्ड्रेन हर्ट एकेडेमी फुटबल क्लबलाई ३–२ गोलले हराउँदै सेमीफाइनल खेलमा प्रवेश गरेको हो।

सिद्धार्थ युवा समाजको तर्फबाट पहिलो गोल सिजल राईले गरेका थिए। थप दुई गोल भने अमित बेश्राले गरेका थिए। त्यस्तै चिल्ड्रेन हर्ट एकेडेमीको तर्फबाट १ गोल सन्दीप श्रेष्ठ गरेका थिए भने अर्को गोल सुशील उराउले गरेका थिए। खेलको म्यान अफ द म्याच सिद्धार्थका सिजल राई घोषित भए।

प्रतियोगिता अन्तर्गत असोज ३० गते शुक्रबारको खेल गोल्डेन स्टार फुटबल क्लब र शान्तिनगर फुटबल क्लब (निलो) बीच हुने आयोजकले जानकारी दियो ।

शान्तिनगर फ्यान्स क्लबको आयोजना तथा शान्तिनगर फुटबल क्लब, सुनसरीको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ ।

Post Comments