News
सगरमाथालाई हराउँदै स्वर्णिम क्लब धरान फाइनलमा
सतिसाले । मोरङको केराबारी स्थित सतिसालेमा जारी प्रथम सतिसाले भेट्रान कप २०८३ को पहिलो सेमिफाइनल खेलमा रोमाञ्चक जित दर्ता गर्दै स्वर्णिम क्लब धरान फाइनलमा प्रवेश गरेको छ।
असोज २७ गते भएको पहिलो सेमिफाइनल भिडन्तमा स्वर्णिम क्लबले धरानकै सगरमाथा युवा क्लबलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि नजिक पुगेको हो।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयसम्म दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए।
निर्धारित समयमा बराबरीमा सकिएपछि लिइएको टाइब्रेकर (पेनाल्टी सुटआउट) मा स्वर्णिम क्लबले सगरमाथा युवा क्लबलाई ४–२ गोल अन्तरले पाखा लगाउँदै फाइनलको यात्रा तय गर्यो।
उत्कृष्ट खेल प्रदर्शन गरेका स्वर्णिम क्लबका सागर घिमिरे खेलको 'म्यान अफ द म्याच' घोषित भए।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल असोज २८ गते दिउँसो २:०० बजे आयोजना हुनेछ |
Post Comments