ANFA राइजिङ क्लबको विजयी यात्रामा शंखमुल बाधक
उमेश पुन

पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा लगातार तीन खेलमा शतप्रतिशत जित निकालेको द राईजिङ क्लब, धरानको त्यो जितको यात्रामा शुक्रबार पूर्णविराम लागेको छ ।

पोखरा स्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न पहिलो खेलमा शंखमुल फुटसलले द राईजिङ क्लबको जितको यात्रामा पूर्णविराम लगाएको हो । खेलमा शंखमुलले राईजिङ क्लबलाई ५–२ ले हरायो ।

खेलमा शंखमुलका मणि लामा म्यान अफ द म्याच घोषित भए । हारका बावजुद ४ खेलबाट ९ अंक जोडेको राइजिङ क्लब शिर्ष स्थान मै छ । त्यस्तै ८ अंक जोडेको शंखमुल दोस्रो स्थानमा उक्लेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा देशभरिबाट छनौट भई आएका उत्कृष्ट १० टोलीहरुले सहभागिता जनाईरहेका छन् । यहि असोज २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

Post Comments