ANFA फुटसल फाईभ, प्रभातफेरि र स्पोर्टस क्यासलको जित
उमेश पुन

पोखरा । यहाँ जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा फुटसल फाईभ, प्रभातफेरि युथ क्लब र घरेलु टोली स्पोर्टस क्यासलले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

सोमबार पोखरा स्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न पहिलो खेलमा फुटसल फाईभले झरना स्पोर्टस क्लब, रुपन्देहीलाई ९–५ को अन्तरले हरायो । खेलमा फुटसल फाईभका सन्दिप कार्की म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा प्रभातफेरिले रुपन्देहीको अर्को टोली लुम्बिनी फुटसलमाथि ६–१ को एकतर्फी जित निकाल्यो । खेलमा प्रभातफेरिका बिशाल सारु मगर म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दिनको अन्तिम खेलमा पोखरेली क्लब स्पोर्टस क्यासलले मच्छिन्द्र स्काई गोल्सलाई ८–३ को अन्तरले हरायो । सो खेलमा स्पोर्टस क्यासलका सुरज गुरुङ म्यान अफ द म्याच चुनिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । देशभरिका उत्कृष्ट १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिता यहि असोज २२ गतेसम्म चल्नेछ ।

Post Comments