ANFA दुई धराने टोलीको जित
उमेश पुन

पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा दुई धराने टोली द राइजिङ क्लब र फुटसल फाईभले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

मंगलबार बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न पहिलो खेलमा द राईजिङ क्लबले ढुकु फुटसल हबलाई ५–३ ले हरायो । खेलमा द राईजिङका बिकु तामाङ म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा फुटसल फाईभले घरेलु टोली सबिन मेमोरियललाई ५–४ ले हरायो । सो खेलमा फुटसल फाईभका बिजय श्रेष्ठ म्यान अफ द म्या घोषित भए ।

मंगलबारको नतिजापछि ६ खेलबाट १३ अंक जोडेको राइजिङ क्लब दोस्रो स्थानमा छ । एक खेल कम खेले तापनि समान अंक भएको स्पोर्टस क्यासल शिर्ष स्थानमा छ । त्यस्तै सबिन मेमोरियाललाई हराएको फुटसल फाईभ भने ११ अंकका साथ लिगतालिकाको चौथो स्थानमा छ ।

त्यसैगरी १० अंक जोडेको सबिन मेमोरियल पाँचौ स्थानमा छ भने ४ अंक जोडेको ढुकु फुटसल सातौं स्थानमा छ ।

 

Post Comments