ANFA
च्यासलसँग जोडिए स्कटिस म्यानेजर म्यानसन

काठमाडौं । स्कटिस फुटबल म्यानेजर लिज म्यानसन नेपाली फुटबल क्लब च्यासल युथको टेक्निकल डाइरेक्टरमा नियुक्त भएका छन् । च्यासलले उनलाई एक कार्यक्रमका बीच मंगलबार सार्वजनिक गर्यो ।
दशरथ रंगशालामा भएको कार्यक्रममा च्यासलका अध्यक्ष रमेश व्यञ्जनकार र म्यानसनले सम्झौतापत्रमा हस्ताक्षर गरे । यसअघि फिलिपिन्सको यु–२३ टिमको जिम्मेवारी सम्हालेका म्यानसनले त्यसपछि चर्चित फिलिपिनो क्लब ग्लोबल पनि हेरेका थिए ।
एएफसी क्लब लाइसेन्सिङ लिने प्रक्रियामा रहेको च्यासलको आफ्नै सुविधासम्पन्न स्टेडियममा पनि छ । साथै क्लबले हालै युथ एकेडेमी सञ्चालन गर्ने समेत घोषणा गरिसकेको छ ।
च्यासलले मंगलबार सोही अवसरमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा डिफेन्डर बिराज महर्जनलाई पनि अनुवन्ध गरेको घोषणा गरेको थियो ।
Post Comments
Related News
- नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने