ANFA फर्साटिकर क्वाटरफाइनलमा प्रवेश
सुरज राना मगर

भैरहवा । फर्साटिकर युवा क्लब, फर्साटिकर यहाँ जारी २९औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ फर्साटिकरले आयोजक माछापुच्छ्रे फुटबल क्लबलाई २–० ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

पक्लिहवा कृषि क्याम्पस खेलमैदानमा भएको खेलको ३०औं मिनटमा कृष्ण रानाको गोलबाट फर्साटिकरले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको ५८औं मिनटमा बलराम न्यौपानेले दोस्रो गोल गर्दै फर्साटिकरको जित सुनिश्चित गरेका थिए ।

खेलमा फर्साटिकरका आशिष जिसी म्यान अफ द म्याच घोषित भए । उनलाई सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर २ का वार्ड सदस्य राजकुमार यादवले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तरगत चैत १८ गते शनिबारको प्रिक्वाटरफाइनल खेल आहाना एफसी, देवीनगर र भैरव स्पोर्टस क्लब, नवलपरासीबीच हुने आयोजकले जानकारी दियो ।

माछापुच्छ्रे फुटबल क्लब, भैरहवाको आयोजना तथा सिद्धार्थनगर नगरपालिका, रुपन्देहीको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष युवराज थापाले जानकारी दिए । फाइनल खेल भने चैत २७ गतेका दिन हुनेछ ।

Post Comments