ANFA माछापुच्छ्रेलाई अमेरिकाबाट सहयोग र प्रोत्साहन
सुरज राना मगर

भैरहवा । हाल रुपन्देहीमा जारी मोफसल कै पुरानो मध्ये एक २९औं माछापुच्छ्रे कप अन्तरगत आयोजक माछापुच्छ्रे फुटबल क्लबलाई अमेरिकाबाट सहयोग र प्रोत्साहन मिलेको छ । हाल अमेरिकामा बसोबास गरिरहेका क्लबकै पूर्व खेलाडी तथा शुभेच्छुक निर्मल थापाले आफ्नो दिवंगत आमा स्व. मनमाया थापाको स्मृतिमा क्लबलाई प्रोत्साहन स्वरुप १७ थान नयाँ जर्सी सेट र खेल सामाग्री सहयोग गरेका छन् ।

भैरहवा स्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदान मै एक कार्यक्रमका बीच निर्मल थापाका दाजु टेक बहादुर थापाले माछापुच्छ्रे क्लबका अध्यक्ष युवराज थापालाई जर्सी हस्तान्तरण गरे । जर्सी हस्तान्तरण गर्दै निर्मल थापाका दाजु टेक थापाले भाईको क्लबप्रतिको माया, शुभेच्छा र स्थानीय खेलाडीहरुलाई प्रोत्साहन मिलोस भन्ने उद्देश्यका साथ सहयोग गरेको बताए । साथै आउने दिनहरुमा पनि क्लबलाई हरतरहले प्रोत्सहन र सहयोग गर्ने पनि बताए ।

उता क्लबका अध्यक्ष युवराज थापाले क्लबलाई मिलेको यो सहयोगले पनि धेरै अर्थ राख्ने बताए । यस्ता सहयोगहरुले क्लब र खेलाडीहरुलाई निरन्तर चलायमान बनाउन थप हौसला मिल्ने बताउँदै अध्यक्ष थापाले निर्मल थापा र उनको परिवार लगायत सबै सहयोगी मनहरुलाई आभार र धन्यवाद दिए ।

स्मरण रहोस, माछापुच्छ्रे फुटबल क्लब, भैरहवाको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको विशेष सहयोगमा जारी माछापुच्छ्रे कपको विजेताले उपाधिसहित २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने चैत २७ गतेका दिन हुनेछ ।

 

Post Comments