ANFA भेट्रान फ्रेण्डलीमा लोकल एफसीको जित
सुरज राना मगर

बुटवल । भाईचारा, आत्मियता र स्वस्थ मनोरञ्जनका लागि खेलिएको भेट्रान फ्रेण्डली म्याचमा लोकल फुटबल क्लब, बुटवल विजयी भएको छ । बुटवल–७ स्थित सिद्धेश्वर खेलमैदानमा भएको खेलमा लोकलले गुड मर्निङ एफसी, बुटवललाई शून्यका विरुद्ध १ गोलले हरायो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलमा अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयमा लोकल एफसीका लागि सोम खातीले गरेको एक मात्र गोल टोलीलाई जित दिलाउन निर्णायक बन्यो ।

दुवै टोलीमा रुपन्देहीबाट स्थानीय देखि राष्ट्रियस्तरमा खेलिसकेका खेलाडीहरुले सहभागिता जनाएका थिए । साथै दुवै टोलीमा रहेका खेलाडीहरुले राष्ट्रियस्तरमा हुने भेट्रान प्रतियोगिताहरुमा रुपन्देहीको प्रतिनिधित्व गरेर अहिले पनि निरन्तर फुटबलमा सक्रिय रहेका छन् ।

साथै उक्त भेट्रान फ्रेण्डलीका लागि डल्फिन ड्राई क्लिनर्स, बुटवल–१२, कालिकानगरको पनि विशेष सहयोग रहेको थियो । साथै डल्फिनले लोकल एफसी, बुटवललाई प्रोत्साहन स्वरुप जर्सी प्रायोजन समेत गरेको थियो ।

 

Post Comments