बिराटनगर सिटी सेमिफाइनलमा
गोलनेपाल

दुहबी । रोमाञ्चक जितका साथ बिराटनगर सिटी फुटबल क्लब, मोरङ यहाँ जारी दशौं भलुव गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

शनिबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा बिराटनगरले चात्या सा फुटबल क्लब, झापालाई टाईब्रेकरमा ३-२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले ३-३ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ बिराटनगरका लागि सौरभ लिम्बू, दोर्जे तामाङ र अशोक खवासले गोल गरे । चात्या सा का लागि मिलन राई, अभिषेक गुरुङ र बिजु भुजेलले गोल गरेका थिए ।

खेलमा बिराटनगरका गोलरक्षक निशान मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत असार २ गतेको पहिलो सेमिफाइनल खेल गढी युथ स्पोर्टिङ क्लब, सुनसरी र सलहेश युवा क्लब, सिराहा बीच हुने आयोजकले जानकारी दियो ।

गोल्डेन स्टार युथ क्लब, दुहबी-७, भलुवा, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने असार ४ गतेका दिन हुनेछ ।

Post Comments