ANFA
गोर्खा ब्वाईजको फराकिलो जित, पदमपोखरीको पनि जित

हेटौडा । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत गोर्खा ब्वाईजले फराकिलो जित दर्ता गरेको छ । एकतर्फी जित निकाल्ने क्रममा गोर्खा ब्वाईजले महाबिर क्लबलाई शून्यका विरु४ ११ गोलको फराकिलो अन्तरले हरायो ।
त्यस्तै अन्य खेलहरुतर्फ पदमपोखरी युवा क्लबले न्यु कम्बाईन क्लबलाई १–० ले हराउँदा हटियाृ स्पोर्टस र सात नम्बर फुटबल टिमले १–१ गोलको बराबरी खेले । त्यसैगरी एफसी नामटार र सानो पोखराले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडे ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी लिग विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । कुल २८ टोलीहरुको सहभागिता रहेको लिगको समापन असोज ९ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)