कोशी प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्ष शुरु
गोलनेपाल

धरान । कोशी प्रदेश फुटबल संघको आयोजनामा धरान स्थित एन्फा टेक्निकल सेन्टरमा कोशी प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्ष शुरु भएको छ । कोर्षको उद्घाटन एक कार्यक्रमका बीच कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गामले गरेका थिए ।

कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईका अनुसार कम्युनिटी कोचिङ कोर्षमा कुल ६० प्रशिक्षार्थीहरुले प्रशिक्षण लिने जानकारी दिए । यो कोर्षले सहभागिहरुलाई फुटबल प्रशिक्षणमा आफूलाई थप पोख्त बनाउन सहयोग मिल्ने विश्वास लिएको अध्यक्ष राईले बताए ।

कोर्षमा सहभागिहरुलाई एन्फा एजुकेशन हेड संजित सिंह र एन्फाका टेक्निकल डाइरेक्टर हरि खड्काले सहजीकरण गर्नुका साथै प्रशिक्षण दिनेछन् । कोर्ष चार दिनसम्म चल्ने समेत कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले बताए ।

 

Post Comments