Gorkhalis Abroad रोहित फर्किएको खेलमा जोगियो जकार्ता
गोलनेपाल

काठमाडौं । चोटका कारण पछिल्ला दुई खेल गुमाएका रोहित चन्दले शनिबार पर्सिजा जकार्ताका लागि मैदानमा पूनःरागमन गर्दा उनको टोली लिगा इण्डोनेसियामा सम्भावित हारबाट जोगिएको छ ।

शनिबार भएको खेलमा जकार्ताले पर्सेलासँग १–१ को बराबरी खेल्दै अंक खोस्न सफल भयो । खेलको ५९औं मिनटमा मलिक रिजाल्डीले पर्सेलालाई खेलमा अग्रता दिलाएका थिए । तर खेलको ८१औं मिनटमा इटालियन स्टार मार्को मोट्टाले जकार्ताका लागि बराबरी गोल फर्काउँदै टोलीको सम्भावित हार टारेका थिए ।

यो नतिजापछि २० खेलबाट २९ अंक जोडेको जकार्ता लिगतालिकाको आठौं स्थानमा छ । उता पर्सेला भने १६ अंकका साथ १६औं स्थानमा छ । जकार्ताले आगामी खेल २६ जनवरी बुधबारका दिन पर्सिता टंगेरंगसँग खेल्ने कार्यक्रम छ ।

Post Comments