Gorkhalis Abroad युएईमा न्यु ब्वाईजलाई विन्टर कपको उपाधि
गोलनेपाल

काठमाडौं । युएईमा रहेका आप्रवासी नेपालीहरुबीच भएको प्रथम एनएसएसजी विन्टर कप फुटबल प्रतियोगिताको उपाधि न्यु ब्वाईज, दुबईले जितको छ ।

रस अल खैमा स्थित अल जजिराह अल हमरा कल्चरल स्पोर्ट क्लबमा भएको फाइनल भिडन्तमा न्यु ब्वाईजले लमजुङ समाज, युएईलाई शुन्यका विरुद्ध २ गोलले हराउँदै उपाधि जितेको हो ।

स्मरण रहोस, विजेता न्यु ब्वाईजले प्रतियोगिताभरि एउटै गोल नखाई उपाधि जित्न सफल भएको थियो । विजेता बनेको न्यु ब्वाईजले उपाधिसहित ५५ सय युएई दिराम हात पार्यो भने उपविजेता लमजुङ समाजले ३३ सय दिराममा चित्त बुझायो ।

आप्रवासी नेपालीहरुबीच भाईचारा र आत्मीयता बढाउने उद्देश्यका साथ नेपालीज सोसल एण्ड स्पोर्टस ग्रुप, युएईको आयोजनामा भएको एक दिने प्रतियोगितामा कुल १८ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

 

Post Comments