Gorkhalis Abroad एसियन आप्रवासी फुटबलका लागि नेपाली फुटबल टोली तयार
गोलनेपाल

काठमाडौं । नेपाली फूटबल टिम कतारले एसियान आप्रबसी फूटबल प्रतियोगिताको लागि भ्रम(ा वर्ष २०२० अंकित जर्सी प्रदर्शन तथा ट्रयाकसुट बितरण गरेको छ ।

शुक्रबार नेपाली फूटबल टिम कतरका अध्यक्ष सन्जिव रानाभाट तथा टिम म्यानेजर शिव रानाभाटले यस सिजनका लागि जर्सी प्रदर्शन गरेका थिए ।

त्यस्तै अध्यक्ष सन्जिव रानाभाट र उपाध्यक्ष राजन श्रेष्ठले टिम व्यवस्थापनको लागी ट्रयाकसुट र टिम म्यानेजर शिव रानाभाट, टिम प्रशिक्षक सन्जिव वाइबा, कृष्ण राईभाट र सहायक प्रशिक्षक राकेश श्रेष्ठले खेलाडीको ट्रयाकसुट प्रदर्शन गरेका थिए ।

उक्त कार्यक्रममा यहि जनवरी ९ तारीखदेखि शुरु हुन गईरहेको आठौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा सहभागिता जनाउने खेलाडी तथा अफिसियलहरुलाई जर्सी तथा ट्रयाकसुट वितरण समेत गरिएको थियो ।

सो कार्यक्रममा अध्यक्ष सन्जिव रानाभाट, उपाध्यक्ष राजन श्रेष्ठ, टिम म्यानेजर शिव रानाभाट, टिम प्रशिक्षक सन्जिव वाइबा, कृष्ण राईभाट, सहायक प्रशिक्षक राकेश श्रेष्ठ, प्यारामेडिक मनोज रानाभाट, सल्लाकर दुर्गा प्याकुरेल लगायतको उपस्थिति रहेको थियो ।

स्मरण रहोस, प्रतियोगिता अन्तरगत समूह ए मा रहेको नेपालले भारत, दक्षिण कोरिया, फिलिपिन्स, बंगलादेश र इण्डोनेसियासँग खेल्नेछ । जसअन्तरगत नेपालले आफ्नो पहिलो खेल १६ जनवरीका दिन बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

यस्तो छ नेपाली टोलीः

अर्जुन सुब्बा (कप्तान)m पूर्ण दनुवार (उप–कप्तान )m जश बहादुर राई, रन्जित न्यौपाने, रोशन लिम्बु, सञ्जय मन्डल, तेज नारायण लिम्बु, सुमन लिम्बु, बिकास प्रधान, दिनेश शाही, भरत धिताल, लबिन माझी, सलमोन कार्की, सुजन लिम्बु, सयन्सु भुषाल, अविशेक कार्की, दिनेश राई, राजकुमार चौधरी, दिल्लीपारा लिम्बु, राकेश सापकोटा, सुरेन्द्र बुढाथोकी, सचिन सेढाई पूर्ण थामी, बसन्त तमाङ

टिम म्यानेजरः शिव रानाभाट, प्रशिक्षकः सन्जिव वाइबा, प्राविधिक प्रशिक्षकः कृष्ण राइभाटm सहायक प्रशिक्षकः राकेश श्रेष्ठ

Post Comments