News फिदिमलाई प्रथम याङनाम गोल्डकपको उपाधि
गोलनेपाल
फिदिम । प्रथम याङनाम गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि फिदिम स्र्पोटिङ्ग क्लबले जितेको छ । फाइनलमा आयोजक याङनाम फुटबल क्लबलाई पराजित गर्दै फिदिम गोल्डकपको च्याम्पियन बनेको हो ।
 
फिदिम १० स्थित इमानसिं रंगशालामा भएको फाइनल खेलमा आयोजकमाथि फिदिम स्पोर्टिङले २-० गोलको जित दर्ता गरेको हो । फिदिमका लागि नवराज गुरुङ र मिराक लिम्बूले गोल गरे । फिदिमका लागि दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो ।
 
याङनाम फुटबल क्लबले आयोजना गरेको गोल्डकपको च्याम्पियनले नगद १ लाख १ हजार १०१ रुपैयाँ र आकर्षक ट्रफी प्राप्त गर्यो । यस्तै, उपविजेता बनेको आयोजक याङनाम एफसीले नगद ५० हजार ५०५ र ट्रफीमा चित्त बुझाएको छ । गोल्डकपमा १२ वटा टिमले सहभागिता जनाएका थिए ।
Post Comments