Gorkhalis Abroad अष्ट्रेलिया पुगे आशिष र सुमन
गोलनेपाल

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका दुई सदस्य आशिष लामा र सुन लामा आफ्नो सुनिश्चित भविष्यका लागि अष्ट्रेलिया पुगेका छन् । प्राप्त जानकारीअनुसार यी दुवै खेलाडीले त्यहाँ स्थानीय लिग फुटबल खेल्ने पनि बताइएको छ ।

त्यसका लागि अष्ट्रेलिया कै यति एफसीसँग कुरा पनि भईसकेको बताइएको छ । यतिका लागि यी दुवै खेलाडीले अर्को सातादेखि स्थानीय लिग खेल्न सक्ने सम्भावना पनि छ । क्लबसँगको सम्झौताबारे भने विस्तृत रुपमा खुलाइएको छैन ।

स्मरण रहोस, मुख्य प्रशिक्षक अब्दुला अल्मुताईरीसँगको विवादपछि बन्द प्रशिक्षण छाड्ने खेलाडीहरुमा सुमन लामा पनि एक मुख्य खेलाडी थिए । अब उनले अष्ट्रेलिया मै करियर बनाउन प्रयास गर्नेछन् ।

हाल अष्ट्रेलियामा नेपालका धेरैजसो शिर्ष लिग र राष्ट्रिय टोलीका खेलाडीहरु पुगिसकेका छन् । जसमा जगजित श्रेष्ठ, एलन न्यौपाने, सुलभ मास्के जस्ता खेलाडीहरु पनि छन् । यद्यपि जगजित भने राष्ट्रिय टोली कै लागि भनेर नेपाल आउने जाने पनि गरिरहेका छन् ।

Post Comments