Gorkhalis Abroad अष्ट्रेलियामा सुमनको इन्गेजमेण्ट
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नियमित सदस्य रहेका सुमन अर्यालले आफ्नो लामो समयदेखिको प्रेमीका इशा भण्डारीसँग इन्गेजमेण्ट गरेका छन् ।

स्मरण रहोस, सुनिश्चित भविष्यका लागि नेपाली फुटबललाई थाँती राख्दै सुमनसँगै अभिषेक रिजाल पनि केही साता अघि अष्ट्रेलिया पुगेका थिए । सुमनकी प्रेमी इशा भने अष्ट्रेलिया मै रहँदै आएकी थिईन् ।

त्रिभुवन आर्मी फुटबल क्लबका नियमित सदस्य समेत रहेका सुमन पनि अष्ट्रेलिया पलायन हुनुलाई धेरैले आश्चर्यका रुपमा हेरेका थिए । उनी पछिल्लो समय राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य पनि थिए ।

यस वर्ष अष्ट्रेलियालाई गन्तव्य बनाउने राष्ट्रिय खेलाडीहरुको सुचीमा राजन गुरुङ, आशिष लामा, शिव गुरुङ, सुमन लामा, रेजिन सुब्बा, आकाश बुढा मगर जस्ता चर्चित अनुहारहरु पनि छन् ।

Post Comments