News फुटबल विकासका लागि बर्दीबास युनाइटेडको अन्तरक्रिया कार्यक्रम
गोलनेपाल

बर्दीबास । बर्दीबास युनाईटेड फुटबल क्लवले ‘स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद’ को नारा सहित फुटबल विकासका लागि एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा क्लबले बर्दीबास नगरपालिका र नगर खेलकुद बिकास समितिसँग समन्वय गरी नगर क्षेत्रका सम्पुर्ण खेलाडीहरुलाई एकिकृत गर्दै ग्रासरुट लेभलमा खेलाडीहरुलाई छनौट गराई नयाँ टिमको निर्माण गरिने समेत क्लवका अध्यक्ष बिनोद खड्काले बताए ।

अध्यक्ष खड्काका अनुसार क्लबले नगरभित्रका वार्डहरुमा रहेका स्थानीय खेलाडीहरुलाई पनि छनौट गरी फुटबलमा उनीहरुको क्षमता विकासका लागि सक्दो सहयोग गर्ने योजना रहेको पनि सुनाए । उता कार्यक्रम बोल्दै नगर खेलकुद बिकास समितिका अध्यक्ष दिपेन्द्र शवभत्तीले फुटबल खेल बिकासमा आफु र आफ्नो टिमले सधै साथ सहयोग गरेर अगाडी बढ्ने समेत बताए ।

कार्यक्रममा उपस्थित भेन्ट्रान्स फुटबल खेलाडी दिपक शर्मा, निर कमल कार्की, प्रदिप भुजेल, फाल्गुन सुसिलङ्ग मगर, सौरब खड्का सहित उद्योग बाणिज्य व्यापार संघ, बर्दीबासका उपाध्यक्ष शैलेश दाहाललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित समाजसेवी निरज अधिकारीले समेत फुटबलको बिकासको लागी आफु सधै लागि पर्ने बताएका छन । कार्यक्रम पुराना तथा नयां खेलाडीहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बर्दीबासको फुटबल खेल क्षेत्रलाई के कसरी अगाडी बढाउन सकिन्छ भन्ने बिषयमा समेत छलफल गरिएको थियो ।

 

Post Comments