Gorkhalis Abroad
अमेरिकाः ४५ प्लस भेट्रान्स फुटबल प्रतियोगिता हुने

काठमाडौं । फ्रिडम फाउण्डेशन तथा फ्रिडम सिनियर सर्भिसेज, केन्टुकी, अमेरिकाको आयोजनामा त्यहाँ रहेका प्रवासी नेपालीहरुबीच ४५ वर्ष माथि उमेर समूहको भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ ।
यही आउँदो अगस्त ३१ देखि सेप्टेम्बर १ तारीखसम्म हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । साथै इच्छुक टोलीहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ ।
लुइसभिले, केन्टुकीमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ हजार अमेरिकी डलर हात पार्नेछ भने उपविजेताले ४ हजार अमेरिकी प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो