Gorkhalis Abroad
इण्डोनेसियन शिर्ष लिगमा रोहितको टोलीको पहिलो जित

काठमाडौं । गत साता आफ्नो पहिलो खेलमा बाली युनाइटेडसँग पराजित हुन पुगेको रोहित चन्दको टोली पेर्सिक केदिरीले नयाँ सिजनको दोस्रो खेलमा महत्वपूर्ण जित हात पारेको छ ।
सोमबार भएको खेलमा पेर्सिकले पिएसएस स्लेमानलाई शून्यका विरुद्ध २ गोलले हराउँदै पहिलो र महत्वपूर्ण जित हात पार्न सफल भएको हो । पेर्सिकका लागि अर्जेन्टिनी फरवार्ड रामिरो फेर्गोन्जी र मोहम्मद सुप्रिदीले गोल गरे ।
खेलमा रोहितले भने पहिलो रोजाईमा रहेर खेल्ने अवसर पाएनन् । उनी दोस्रो हाफको ६१औं मिनटमा उस्माने फानेको स्थानमा मैदानमा प्रवेश गरेका थिए । रोहित मैदान प्रवेश गरे लगतै पेर्सिकका लागि मोहम्मदले दोस्रो गोल गरेका थिए ।
यो जितपछि २ खेलबाट ३ अंक जोडेको पेर्सिक लिगतालिकाको आठौं स्थानमा छ । पेर्सिकले आफ्नो आगामी खेल आउँदो आइतबार मालुत युनाइटेडसँग खेल्नेछ ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने