ANFA ताप्लेजुङ गोल्डकपलाई फुङलिङ नगरपालिकाको सात लाख सहयोग
गोलनेपाल

फुङलिङ । ताप्लेजुङ जिल्ला कै प्रतिष्ठाका रुपमा रहेको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण भव्यताका साथ सम्पन्न गर्न फुङलिङ नगरपालिकाले पनि आर्थिक सहयोग गरेको छ ।

फुङलिङ नगरपालिकाले एक कार्यक्रमका बीच प्रतियोगिताको आयोजक लाखे जात्रा सञ्चालन समितिलाई नगद ७ लाख सहयोग उपलब्ध गराएको हो । फुङलिङका नगरप्रमुख अमिर मादेनले उक्त रकम आयोजक समितिले हस्तन्तरण गरे ।

सोही अवसरमा आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले फुङलिङ नगरपालिका ताप्लेजुङ गोल्डकपको अभिभावकका रुपमा रहेको बताउँदै प्रतियोगिता सम्पन्न गर्न सबैको साथ, सहकार्य र समर्थनको खाँचो रहेको बताए ।

अध्यक्ष सागर मादेनले खेलकुदबाट समृद्ध ताप्लेजुङको अभियानमा स्थानीय सरकारको हातेमालो प्रेरणादायी रहेको बताए । साथै उनले अन्य पालिकाहरू, संघसंस्था र आम नागरिकको साथले खेलाडी, दर्शक र जिल्लाको गौरव बढाउन सबैले हातेमालो गर्न आह्वान समेत गरे ।

स्मरण रहोस, तेस्रो ताप्लेजुङबारे आयोजकले छिटै आधिकारिक रुपमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईने समेत बताएको छ ।

Post Comments