Gorkhalis Abroad मलेसियामा हुने प्रथम आरटिएफसी गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

काठमाडौं । मलेसियामा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित आरटिएफसी, मलेसियाको आयोजनामा यही जुन ७ र ८ तारीखका दिन हुन गईरहेको प्रथम आरटिएफसी गोल्डकपको तयारी पूरा भएको छ ।

सेलंगोरको शाह आलम स्थित पानासोनिक स्टेडियममा हुने दुई दिने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा एन एम्बेसी र राना एफसी भिड्ने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार मलेसियन रिंगेट हात पार्नेछ भने उपविजेताले १० हजार मलेसियन रिंगेटसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

नेपाली फुटबललाई अन्तर्राष्ट्रियस्तर मै पुर्याउने र चिनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष राजु तामाङले बताए । साथै उनले प्रतियोगिता सफल पार्न सबैको साथ, सहयोग, हौसला र समर्थनको अपेक्षा गरेको समेत बताए ।

त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।

Post Comments