ANFA नव एकता कपमा आयोजक नव एकता (रातो) र योङ ब्वाईजको जित
सुरज राना मगर

दिपनगर । रुपन्देहीको तिलोत्तमा–८, दीपनगरमा जारी नव एकता कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत आयोजक नव एकता युवा क्लब (रातो) र योङ ब्वाईज फुटबल क्लबले जित हात पारेका छन् ।

जन भावना माविको खेलमैदानमा भएको खेलमा नव एकता (रातो) ले डायमण्ड गोर्खा क्लबलाई ४–० ले हरायो । नव एकता (रातो) को जितमा दर्शन बिकले ह्याट्रिक गर्दा अर्को एक गोल इशोर थापाले गरे । खेलमा ह्याट्रिककर्ता दर्शन बिक म्यान अफ द म्याच बने ।

त्यस्तै अर्को खेलमा योङ ब्वाईजले थापा स्पोर्टस हाउस, सुनवललाई ३–१ ले हराउँदै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक निरज पुनले जानकारी दिए ।

नव एकता युवा क्लब, तिलोत्तमा–८, प्रदिपनगर तथा प्रदिपनगर टोल विकास संस्थाको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २७ गतेका दिन हुनेछ ।

Post Comments