चपरहट्टी र डिएस युनाइटेड सेीम्फाइनलमा
सुरज राना मगर

दिपनगर । चपरहट्टी फुटबल क्लब र डिएस युनाइटेड रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी नव एकता कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको सेमफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार दिनको पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलतर्फ चपरहट्टीले होमिज फुटबल क्लबलाई ४–१ को फराकिलो अन्तरले हरायो । खेलमा चपरहट्टीका अशोक घर्ती मगर म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेल तथा अन्तिम क्वाटरफाइनलमा डिएस युनाइटेडले शिवनगर फुटबल क्लबलाई टाईब्रेकरमा ३–२ ले पन्छाउँदै अन्तिम चारमा स्थान बनाउन सफल भयो । खेलमा डिएस युनाइटेड कै अमन श्रीस म्यान अफ द म्याच चुनिए ।

नव एकता युवा क्लब, तिलोत्तमा–८, प्रदिपनगर तथा प्रदिपनगर टोल विकास संस्थाको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २७ गतेका दिन हुनेछ ।

Post Comments