ANFA बागमती र पुल्चोकको जित
गोलनेपाल

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ शुक्रबार भएका दुई खेलहरुमा बागमती युवा क्लब र पुल्चोक स्पोर्टस क्लबले आ–आफ्नो खेलमा जित हात पार्दै खातामा तीन–तीन अंक जोडेका छन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले रानीवन स्पोर्टस क्लबलाई ३–१ ले हरायो । बागतीका लागि दिपेश राईले दुई गोल गरे भने थप एक गोल सिर्जनराज गौतमले गरे । पराजित रानीवनका लागि बिष्णु चौधरीले एक मात्र गोल फर्काए ।

दोस्रो खेलमा पुल्चोकले महाविर क्लबमाथि शून्यका विरुद्ध ४ गोलको प्रभावशाली जित निकाल्यो । पुल्चोकका लागि सुमन श्रेष्ठले दुई गोल गर्दा सिरब लो तामाङ र सुमित मल्लाहले एक–एक गोल गरे ।

Post Comments