ANFA पॉचथर र ओखलढुंगा सेमिफाइनलमा
गोलनेपाल

म्याङ्लुङ । तेह्रथुमको म्याङलुङ रंगशालामा जारी कोशी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पॉचथर र ओखलढुंगा पुगेका छन ।

मंगलबार सम्पन्न पहिलो क्वाटरफाइनलमा उदयपुरलाई ३-० ले पराजित गर्दै पॉचथर सेमिफाइनल पुगेको हो ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा ओखलढुंगाले ट्राइबेकरमा ५-४ गोल अन्तरले तेह्रथुमलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । निर्धारीत समयमा दुवै टिमबाट गोल नभएपछी खेलको नतिजा ट्राईवेकर मार्फत निकालिएको थियो ।

बॉकी दुइ क्वाटरफाइनलका खेल बुधबार हुनेछन। जसमा संखुवासभा र मोरङ तेस्रो क्वाटरफाइनल खेल्नेछन। संखुवासभाले खोटाङलाई ४-१ गोलले पराजित गरेर बाइमा रहेको मोरङसंग आमुन्ने सामुन्ने हुने भएको हो ।

अन्तिम क्वाटरफाइनलमा झापा र सुनसरी भिड्नेछन । झापाले ताप्लेजुङलाइ ३-२ गोल अन्तरले पराजित गर्दै बाइमा परेको सुनसरीसंग क्वाटरफाइनल आफ्नो भेट पक्का गरेको हो ।

असार ३ गते शुरु भएको प्रतियोगिता ८ गते सम्म सन्चालन हुने खेलकुद विकाश समिति तेह्रथुमका अध्यक्ष राजेन्द्र बरालले बताए ।

१४ टीम सहभागी  प्रतियोगिताको विजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २२ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछ।

Post Comments