ANFA आठौं सुनवल मेयर कपः वार्ड नम्बर ८ क्वाटरफाइनलमा
सुरज राना मगर

सुनवल । संघर्षपूर्ण जित हात पार्दै वार्ड नम्बर ८ जारी आठौं सुनवल मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सुनवल–७ स्थित स्थानीय खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ वार्ड नम्बर ८ ले वार्ड नम्बर १ लाई टाईब्रेकरमा हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा वार्ड नम्बर ८ ले ४–३ ले आफ्नो पक्षमा पारेको हो । खेलमा वार्ड नम्बर ८ का गोलरक्षक सन्देश गुरुङ्ग म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत बैशाख २४ गते बुधबारको खेल वार्ड नम्बर ३ र वार्ड नम्बर ११ बीच हुने कार्यक्रम संयोजक प्रकाश बाह्रघरे मगरले जानकारी दिए ।

सुनवल नगरपालिका, नवलपरासीको आयोजना तथा आठौं मेयर कप सञ्चालन एवम् व्यवस्थापन समितिको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ९० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो जेठ ४ गतेका दिन हुनेछ ।

Post Comments